काभा भलिबल : नेपाल श्रीलंकासँग पराजित

हिमाल प्रेस १० कार्तिक २०८२ २०:०५ | Monday, October 27, 2025
काभा भलिबल : नेपाल श्रीलंकासँग पराजित

काठमाडौँ- सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।

ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ। नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ।

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो। यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १० कार्तिक २०८२ २०:०५ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast