काभा पुरूष नेसन्स कप : बंगलादेशसँग भिड्दै नेपाल

हिमाल प्रेस ६ कार्तिक २०८२ ८:२० | Thursday, October 23, 2025
काभा पुरूष नेसन्स कप : बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ– काभा पुरूष नेसन्स कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ। खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ।

बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो।

नेपालले तुर्किमेनिस्तानलाई लगातार दबाबमा राखेपनि पराजित भने। नेपालले पछिल्लो सेट २५–२२ ले गुमायो। दोस्रो सेटमा भने नेपालले आशारहित प्रदर्शन गर्यो। एक सय १६–१० ले पछि परेको नेपालले अट्याकमा शक्तिशाली प्रदर्शन गर्न नसक्दा २५–१८ ले पराजित भयो। तेस्रो सेटमा नेपाल २७–२५ ले पराजित भएको हो।

१८ दिन अभ्यास गरेको नेपाल पदक जित्ने लक्ष्यसहित बंगलादेश गएको हो। प्रतियोगितामा ६ टोलीको सहभागीता छ।

प्रकाशित: ६ कार्तिक २०८२ ८:२० | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast