‘कागे’ले गरे नारायणहिटीअगाडि काग सम्मेलन

हिमाल प्रेस २ कार्तिक २०८२ ९:५३ | Sunday, October 19, 2025
‘कागे’ले गरे नारायणहिटीअगाडि काग सम्मेलन

काठमाडौँ- काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्रहालय द्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका छन्। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई बोलाएका थिए।

आइतबार बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका हुन्। दुलाल कागसहित १७३ प्रकारका जनावर र चराचुरुंगीका आवाज नक्कल गर्न सक्छन्। उनीसँग मुखकै सहायताले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुन निकाल्ने कला पनि छ।

दुलालले विगतका वर्षहरूमा कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका थिए।

‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ,’ दुलालले भने।

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन् भने बहुप्रतिभाको धनी दुलालको चर्चा भएको छ।

कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा थिए भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शंकरप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए। रासस

प्रकाशित: २ कार्तिक २०८२ ९:५३ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast