ज्योति मगर भन्छिन्- यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो

हिमाल प्रेस ११ कार्तिक २०८२ १३:०६ | Tuesday, October 28, 2025
ज्योति मगर भन्छिन्- यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो

काठमाडौँ- गायिका ज्योति मगरले अहिले जेनजी आन्दोलनपछि देशको अवस्थालाई क्रान्ति नभएर अराजकता र भाँडभैलोको संज्ञा दिएकी छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटसमार्फत यस्तो बताएकी हुन्।

उनले नेपालमा भएको सबै आन्दोलन देशको व्यवस्था परिवर्तन र नेपाली जनताको हकहितमा भए पनि त्यसपछि जनताको अपेक्षा पूरा नभएको जिकिर गरेकी छन्।

उनले लेखेकी छन्, ‘नेपालमा भएको हरेक आन्दोलन (राणा शासन विरुद्ध, पञ्चायत विरुद्ध, जनयुद्द, राजतन्त्र विरुद्ध) व्यवस्था परिवर्तनको लागि र नेपाली जनताको हकहितका लागि क्रान्ति थियो। लिडरहरूले हाम्रो अपेक्षा पूरा गरे/गरेन त्यो फरक हो, तर आज जे भैरहेको छ यो क्रान्ति होइन, अराजकता र भाड भैलो हो। केटाकेटी आए, गुलेली खेलाए,मट्याङ्ग्राको सत्यानास। ल अब गाली बर्साउनुस्, देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू।’

प्रकाशित: ११ कार्तिक २०८२ १३:०६ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast