इटहरीमा १४ लाख बराबरको गरगहना चोरी

हिमाल प्रेस १५ असोज २०८२ ११:४०
इटहरीमा १४ लाख बराबरको गरगहना चोरी

इटहरी– इटहरी उपमहानगरपालिका–२० तरहरामा चोरी भएको छ। स्थानीय दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले मंगलवार राति करिब ९ बजेतिर ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो। रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक टीका नेपालको कमाण्डमा टोली खटिएको थियो। चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको तरहरा प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असोज २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast