‘जेरी अन टप’ ले दुई दिनमा कमायाे १ करोड ५८ लाख

हिमाल प्रेस २ कार्तिक २०८२ १३:२९ | Sunday, October 19, 2025
‘जेरी अन टप’ ले दुई दिनमा कमायाे १ करोड ५८ लाख

काठमाडौँ- असोज ३१ देखि प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ ले दुई दिनमा १ करोड ५८ लाख कमाएको छ। फिल्मका निर्माता सरोज न्यौपानले हल रिपोर्टको क्रममा आइतबार बक्स अफिस रिपोर्ट हेर्दै पत्रकारसँग फिल्मको दुई दिने कलेक्सन सार्वजनिक गरेका हुन्।

उनको भनाइअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४ सय ८ रुपैयाँ कलेक्सन गरेको छ र दोस्रो दिन ८६ लाख ३८ हजार २ सय १० रुपैयाँ कमाएको छ। यसरी फिल्मले दुई दिनमा कुल १ करोड ५८ लाख ९७ हजार ६ सय १८ रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।

प्रकाशित: २ कार्तिक २०८२ १३:२९ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast