इजरायलले गर्‍यो दक्षिण लेबनानमा हवाई आक्रमण

हिमाल प्रेस ४ कार्तिक २०८२ १७:२४ | Tuesday, October 21, 2025
इजरायलले गर्‍यो दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत (रासस\सिन्ह्वा)- इजरायली लडाकु विमानहरूले दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ।

प्राप्त जानकारीअनुसार, इजरायली ड्रोनहरू अल-जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतंकवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ। सेनाका अनुसार हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल–लेबनानबीच भएको समझदारीको खुला उल्लंघन हो।

गत वर्ष नोभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समयसमयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ। साथै  फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँचवटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १७:२४ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast