भारतीय राष्ट्रपति द्रौपदी मुर्मु चढेको हेलिकप्टर खाल्डोमा फस्यो, सुरक्षाकर्मीले निकाले

हिमाल प्रेस ५ कार्तिक २०८२ १४:५८ | Wednesday, October 22, 2025
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु चढेको हेलिकप्टर खाल्डोमा फस्यो, सुरक्षाकर्मीले निकाले

तिरुवनन्तपुरम- भारतकी राष्ट्रपति द्रौपदी मुर्मु चढेको हेलिकप्टर केरला पुगेसँगै एक अप्रत्याशित घटनामा फसेको छ।

पठानमथिट्टास्थित राजीव गान्धी रंगशालामा आकस्मिक रूपमा निर्माण गरिएको हेलिप्याडमा अवतरण गरेपछि भारतीय वायुसेनाको एमआई १७ हेलिकप्टर खाल्डोमा फसेको हो।

स्थानीय अधिकारीहरूका अनुसार हेलिप्याडमा प्रयोग गरिएको कङ्क्रिट पूर्णरूपमा सुक्न नपाएकाले अवतरणका क्रममा पाङ्ग्राले जमिन भत्काउँदै खाल्डो बनाएको हो। घटनापछि प्रहरी र अग्निनियन्त्रकहरूको सहयोगमा हेलिकप्टरलाई सुरक्षित रूपमा खाल्डोबाट निकालिएको छ।

राष्ट्रपति मुर्मु चार दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ तिरुवनन्तपुरम आइपुगेकी हुन्। दैनिक भास्करबाट

प्रकाशित: ५ कार्तिक २०८२ १४:५८ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast