सांकेतिक तस्बिर
भद्रपुर (झापा)- भारतबाट भन्सार छलेर ल्याएको चार लाखको पटाका प्रहरीले बरामद गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भद्रपुर नगरपालिका–५ बाट चार प्लास्टिकका बोरामा राखिएको उक्त पटाका बरामद गरेको हो।
पटाका बोकेका व्यक्ति प्रहरीलाई देख्नेबित्तिकै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बरामद गरिएको पटाका वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ।
प्रकाशित: २६ असोज २०८२ २१:४० | Sunday, October 12, 2025
प्रतिक्रिया



