नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'
काठमाडौँ– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्दै छाड्न तयार रहेको बताएका हुन्।
‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन के बलिदान गर्न पर्छ गर्न तयार छु । आजै म तपाईहरुको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न पर्यो हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो,’ उनले भने।
उनले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गरे।
प्रकाशित: १ कार्तिक २०८२ २०:१८ | Saturday, October 18, 2025
प्रतिक्रिया




