कति छ डलरको भाउ?

हिमाल प्रेस २८ असोज २०८२ ६:४८ | Tuesday, October 14, 2025
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ। तर अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा थियो।

आज युरो १ को खरिदर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा थियो।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २८ असोज २०८२ ६:४८ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast