 नेकपा एमालेका नेतउ महेश बर्तौला। फाइल तस्बिर
                             नेकपा एमालेका नेतउ महेश बर्तौला। फाइल तस्बिर
                                            काठमाडौँ- नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरूद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्।
जेनजीले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंश मच्चाउने काममा भूमिका खेलेकाले गृहमन्त्री अर्याललाई गिरफ्तार गर्नुपर्ने बर्तौलाले बताएका हुन्।
‘…जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेट स्टेकहोल्डर हुन्,’ गृहमन्त्री अर्यालबारे नेता बर्तौलाले सामाजिक सञ्जालमा लेखेका छन्।
एमालेका निवर्तमान प्रमुख सचेतकसमेत रहेका बर्तौलाले गृहमन्त्री अर्याल इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यवसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरकसमेत रहेको आरोप लगाएका छन्।
‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरूलगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी,’ उनले भनेका छन्।
शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएकै कारण अर्याल विनामिहिनेत गृहमन्त्री बन्न सफल भएको बर्तौलाको दाबी छ। तोडफोड, आगजनीलगायतका घटनामा संलग्नहरूलाई कारबाही नगर्न निर्देशन दिएकाले पनि गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्ने तर्क बर्तौलाले गरेका छन्।
‘फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पन कानुनी कारबाही नगर्न लिखित निर्देन नै दिए। जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ,’ उनले भनेका छन्,‘त्यसैले सहतमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बर्खास्त गरी राज्यविरूद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनुपर्छ।’
नेता बर्तौलाले प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीसित शतप्रतिशत रहेको समेत बताएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 