गृहमन्त्री भन्छन्- अब केपी ओली कानुनभन्दा माथि हुनुहुन्न

हिमाल प्रेस ३ कार्तिक २०८२ १६:२५ | Monday, October 20, 2025
गृहमन्त्री भन्छन्- अब केपी ओली कानुनभन्दा माथि हुनुहुन्न गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। उनले ओलीमाथि पनि आवश्यक परे अनुसन्धान हुन सक्ने संकेत दिँदै अब पहिलाजस्तो अवस्था नदोहरिने बताएका छन्।

सोमबार विपिन जोशीको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले ओलीलाई विदेश जान रोक्ने निर्णय सरकारले नभई न्यायिक जाँचबुझ आयोगले गरेको बताए।

ओलीले आफूलाई विदेश जानबाट रोक्ने चुनौती दिएका विषयमा पत्रकारहरूले प्रश्न गर्दा उनले भने, ‘त्यो सरकारको होइन, आयोगको निर्णय हो। त्यसबारे आयोगलाई नै सोध्नुपर्छ।’

त्यस्तै, ओलीले आफूलाई समाएर देखाउन दिएको चुनौतीबारे गृहमन्त्री अर्यालले टिप्पणी गर्दै भने, ‘त्यो त उहाँले कानुन नमान्ने कुरा गर्नुभयो।’  उनले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने भन्ने अब सम्भव छैन। पहिलेजस्तो अब हुँदैन।’

प्रकाशित: ३ कार्तिक २०८२ १६:२५ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast