प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- संखुवासभाको चिचिला गाउँपालिका- ५ माङमायामा रूखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमायाका ५२ वर्षीय गणेश गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा रूखमा चढी घाँस काट्ने क्रममा लडेका थिए।
घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्याइएको थियो । डाक्टरले राति करिब १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रकाशित: १२ कार्तिक २०८२ १०:३१ | Wednesday, October 29, 2025
प्रतिक्रिया



