आज रातिदेखि भारी वर्षाको सम्भावना, धान नकाट्न मौसमविद्को आग्रह

हिमाल प्रेस १३ कार्तिक २०८२ १५:२२ | Thursday, October 30, 2025
34
SHARES
आज रातिदेखि भारी वर्षाको सम्भावना, धान नकाट्न मौसमविद्को आग्रह

काठमाडौँ- दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सर्तक रहन आग्रह गरेको छ। धान नकाट्न किसानलाई मौसमविद्ले आग्रह पनि गरेका छन्। मौसमविद् सञ्जीव अधिकारीले २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको जानकारी दिए।

‘यसलाई मध्यम वर्षा भनिन्छ,५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ’, मौसमविद् अधिकारीले भने,‘आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ।’ उनले आज दिनभरी बागमती, कोशी, मधेश प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताए।

जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उनले जानकारी दिए। त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ।

बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने विभागले जनाएको छ। यसका लागि सर्तकता अपनाएर सुरक्षित हुन आह्वानसमेत गरिएको छ। नेपालमा पदयात्राका लागि जाँदा मौसमबारे जानकारी लिएर हिँड्न अनुरोध विभागले गरेको छ।

त्यसैगरी, धान काट्ने समय रहेकाले काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर मात्रै काट्न सुझाव दिएका छन्। भारी वर्षाको सम्भावना भएकाले धान काटिहाल्ने अवस्था नरहेको मौसमविद्को सुझाव छ।

प्रकाशित: १३ कार्तिक २०८२ १५:२२ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast