स्वास्थ्यमन्त्री डा.गौतमले पदभार सम्हालिन्,जेनजी घाइतेलाई मनोपरामर्श दिने पहिलो निर्णय

हिमाल प्रेस ९ कार्तिक २०८२ १७:०० | Sunday, October 26, 2025
स्वास्थ्यमन्त्री डा.गौतमले पदभार सम्हालिन्,जेनजी घाइतेलाई मनोपरामर्श दिने पहिलो निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा‍.सुधा शर्मा पदबहालीपश्चात निर्णय पुस्तिकामा हस्तक्षर गर्दै। तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले पदभार सम्हालेकी छन्। शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालय पुगेर आफ्नो पदभार सम्हालेकी हुन्।

पदभार ग्रहण गरेलगत्तै मन्त्री शर्माले पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनबाट प्रभावित घाइतेहरू सहित सबै नागरिकका लागि मनोपरामर्श (काउन्सिलिङ) सेवा स्थापना गर्ने निर्णय गरेकी छन्।

शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०८२ १७:०० | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast