काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन्। आज (शुक्रबार) अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
खड्कालाई विशेष गरी आगामी एएफसी एसियन क्वालिपफायर्स २०२७ का लागि मुख्य प्रशिक्षक बनाइएको हो।
सिनियर महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक खड्का हाल एन्फामा ‘टेक्निकल डाइरेक्टर’का रूपमा कार्यरत छन्।
केही दिन अघि मात्रै म्याट रसले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।
प्रकाशित: १४ कार्तिक २०८२ १६:५० | Friday, October 31, 2025
प्रतिक्रिया




