गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने

हिमाल प्रेस २४ असोज २०८२ ११:५६ | Friday, October 10, 2025
गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द हुने प्रतिनिधिमूलक तस्बिर

गुल्मी- तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ। उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो। यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ।

सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्णरूपमा बन्द हुने जनाएको हो।

कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास-फेदीसम्मका सवारीसाधनका लागि-मैदान-हर्राबोट-सपौदी हुँदै राङबास फेदी सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती-चारपाला-खज्र्याङ तथा तम्घास-बलेटक्सार-रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताए। उनले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताए।

प्रकाशित: २४ असोज २०८२ ११:५६ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast