भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री खरेल

हिमाल प्रेस १० कार्तिक २०८२ २१:४१ | Monday, October 27, 2025
भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन्।

ललितपुरको इमाडोलस्थित (ईभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले आज (सोमबार) आयोजना गरेको छठ पूजामा कार्यक्रममा मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

सञ्चारमन्त्री खरेलले भने, ‘अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ।’

मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मीयताको पर्व रहेको उल्लेख गरे। रासस

प्रकाशित: १० कार्तिक २०८२ २१:४१ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast