संविधानअनुसार सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यास मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

हिमाल प्रेस १० कार्तिक २०८२ ७:१२ | Monday, October 27, 2025
2
SHARE
संविधानअनुसार सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यास मजबुत पार्नुपर्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौँ- राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरूप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताएकी छन्। त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उनले भनिन्, ‘वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानुन निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास म गर्दछु।’

उपाध्यक्ष घिमिरेले संसद्मार्फत जनप्रतिनिधिहरूले आआफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने तर्क गरेकी छन्। उनले संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबिचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आह्वान गरेकी छन्।

उनले भनिन्, ‘यस पर्वको मूल सन्देश नै विभेदमुक्त, न्यायपूर्ण, समतामूलक र सभ्य समाजको निर्माणतर्फ सबैलाई प्रेरित गर्नु हो, छठ पर्वले हामी सबैलाई धार्मिक आस्था मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा एकता, सहकार्य र जिम्मेवारीका मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित: १० कार्तिक २०८२ ७:१२ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast