निर्वाचन गराउन मात्र होइन सुशासन र भ्रष्टाचारविरुद्ध पनि सरकार सक्रिय : प्रधानमन्त्री कार्की

हिमाल प्रेस ५ कार्तिक २०८२ १०:५७ | Wednesday, October 22, 2025
निर्वाचन गराउन मात्र होइन सुशासन र भ्रष्टाचारविरुद्ध पनि सरकार सक्रिय : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न सरकारले पूर्ण गम्भीरताका साथ तयारी गरिरहेको बताएकी छन्।

बुधबार नेपाल संवत्‍को अवसरमा काठमाडौँको बसन्तपुरमा आयोजित एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार राजनीतिक दलहरू र जेनजी समुदायसँग निरन्तर संवादमा रहेको बताइन्।

‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार दत्तचित्त भएर लागिरहेको छ,’ उनले भनिन्, ‘हरेक दिन कुनै न कुनै माध्यमबाट राजनीतिक दलहरूसँग संवाद भइरहेको छ। परिवर्तनको पक्षमा उभिएको जेनजी समुदायसँग पनि निरन्तर सम्पर्कमा छौं।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखिएको भए पनि त्यसले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान उपेक्षित भएको भन्ने भ्रम नराख्न आग्रह गरिन्।

‘निर्वाचनलाई प्राथमिकता दिइएको छ भन्ने अर्थ यो होइन कि भ्रष्टाचार र सुशासनका सवालमा सरकार मौन छ,’ उनले भनिन्, ‘संविधानको दायरा भित्र रही जेनजी आन्दोलनले उठाएका सुशासनका मागलाई सम्बोधन गर्नु पनि हाम्रो मूल दायित्व हो। यसमा परिणाम देखिने गरी राज्य संयन्त्रहरूले काम गरिरहेका छन्।’

प्रकाशित: ५ कार्तिक २०८२ १०:५७ | Wednesday, October 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast