वीरगन्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात, २६ अर्ब ५९ करोडको निर्यात

हिमाल प्रेस १२ कार्तिक २०८२ १३:३७ | Wednesday, October 29, 2025
वीरगन्ज नाकाबाट दुई खर्ब १८ अर्बको सामान आयात, २६ अर्ब ५९ करोडको निर्यात वीरगन्ज नाका

वीरगन्ज- वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्।

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगन्ज भन्सारबाट भित्रिएका छन्।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगन्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए।

‘वीरगन्ज नाका हुँदै पछिल्लो तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा रु ५८ अर्ब २३ करोड राजस्व संकलन भएको छ।’ जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। वीरगन्जका हुँदै चालु आवको तीन महिनामा रु २६ अर्ब ५८ करोड मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो। रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो।

प्रकाशित: १२ कार्तिक २०८२ १३:३७ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast