तोलामा ११ हजार ६०० ले घट्यो सुनको भाउ, आज कति?

हिमाल प्रेस ९ कार्तिक २०८२ ११:१६
तोलामा ११ हजार ६०० ले घट्यो सुनको भाउ, आज कति?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: ९ कार्तिक २०८२ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast