सहिद परिवार र बालबालिकासहित माइतीघरमा जेनजीको एकता प्रदर्शन

हिमाल प्रेस ७ कार्तिक २०८२ १३:२२ | Friday, October 24, 2025
सहिद परिवार र बालबालिकासहित माइतीघरमा जेनजीको एकता प्रदर्शन

काठमाडौँ- जेनजी समूहका युवाले ‘सहिदहरूको रगत नबिर्सौं’ भन्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ‘जेनजी युनाइटेड’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा बालबालिका, सर्वसाधारण र सहिद परिवारका सदस्यहरू पनि सहभागी थिए।

प्रदर्शनका सहभागीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘सहिदहरूको रगत नबिर्स’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

उनीहरूले जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान नदिन सरकार र नागरिकलाई खबरदारी गरे। प्रदर्शन स्थलमा राखिएको ब्यानरमा लेखिएको थियो, ‘जेनजीको नाम बदनाम हुँदैछ, कसैले यसै नाममा लुटपाट गर्दैछ, कसैले पार्टी खोल्दैछ, कसैले ब्रान्ड बनाउँदैछ। यसर्थ, जेनजी भावना जोगाउन र सहिदहरूको सपना पूरा गर्न हामी एक हुनैपर्छ।’

ब्यानरमार्फत सहभागीहरूले जेनजी आन्दोलनको एकता आवश्यक रहेको र सरकारले पनि यसमा सहयोग गर्नुपर्ने माग गरेका थिए।

प्रकाशित: ७ कार्तिक २०८२ १३:२२ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast