जेनजी विभाजित, राष्ट्रपतिले स्थगित गरे छलफल

हिमाल प्रेस २५ असोज २०८२ १२:५२ | Saturday, October 11, 2025
जेनजी विभाजित, राष्ट्रपतिले स्थगित गरे छलफल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि जेनजी प्रतिनिधि विभाजित भएका छन्।

शीतल निवासमा छलफलका लागि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुंगानालाई मात्र समावेश गराइएपछि जेनजी विभाजित भएका हुन्।

छलफलमा सहभागी गराइएका प्रतिनिधिप्रति असन्तुष्ट बनेका जेनजी समूहले शीतल निवासबाहिर विरोध जनाएका छन्। सुदन गुरुङ कसरी अभियान्ता बनेको र जेनजी भएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

छलफलका लागि १३ जनाको नाम पठाइए पनि २०/२१ जना कसरी सहभागी भएको भन्दै उनीहरूले विरोध जनाएका छन्। जेनजी युवाहरूको वार्ता टोलीलाई सहभागी नगराई बाहिरका व्यक्ति सहभागी गराएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

अमेरिकी दूतावास युथ काउन्सिल नेपाल र एनजीओमा सहभागी व्यक्तिमात्र मन्त्रीको सूचीमा देखिएको र जेनजी अभियान्ता भन्दै सहभागी भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले जेनजीका २० प्रतिनिधि छानेको छ। जेनजीबीच नै विवाद बढेपछि राष्ट्रपति पौडेलले छलफल स्थगित गरेका छन्।

मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन, आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहसँग छलफल गर्न उनले बैठक बोलाएका थिए। छलफलाका लागि प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू, हामी नेपालका सञ्चालकस सुदन गुरुङ, प्रवेश दाहाल र मिराज ढुंगाना शीतल निवास पुगेका थिए।

आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार शीतल निवासमा छलफल भएको थियो।

प्रकाशित: २५ असोज २०८२ १२:५२ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast