रास्वपा सचिवालयमा थपिए गणेश, शिशिर, सोबिता र हरि

हिमाल प्रेस २ कार्तिक २०८२ ६:४४ | Sunday, October 19, 2025
रास्वपा सचिवालयमा थपिए गणेश, शिशिर, सोबिता र हरि रास्वपा सचिवालयको शुक्रबार बसेको बैठक।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयमा चार जना सदस्य थपिएका छन्। गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपिएका हुन्।

उनीहरू चारै जनालाई पार्टी सभापति रवि लामिछानेले मनोनीत गर्दै शनिबार बसेको सचिवालय बैठकमा प्रस्तावका रूपमा पेस गरिएको थियो।

शनिबारकै बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए। अब रास्वपाको सचिवालय १३ सदस्यीय भएको छ।

उनीहरू चारै जना प्रत्यक्ष निर्वाचित सांसद थिए।

रास्वपाको विधानमा सभापतिले पदाधिकारी मनोनीत गर्ने व्यवस्था छ। विघटित प्रतिनिधिसभाका सबै प्रत्यक्ष निर्वाचित सांसदलाई सचिवालयमा मनोनीत गर्ने सैद्धान्तिक सहमति भएअनुसार शनिबार चार जना मनोनीत गरिएको हो। बाँकीलाई पनि थप्दै लगिने पार्टीका एक नेताले बताए।

अहिले सभापति रवि लामिछाने, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा र सदस्यहरू दीपक बोहरा, सन्तोष परियार र विराजभक्त श्रेष्ठ छन्।

प्रकाशित: २ कार्तिक २०८२ ६:४४ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast