लेकोर्नुलाई पुन: प्रधानमन्त्री बनाउने फ्रान्सका राष्ट्रपति म्याक्रोँको घोषणा

हिमाल प्रेस २५ असोज २०८२ १०:४४ | Saturday, October 11, 2025
लेकोर्नुलाई पुन: प्रधानमन्त्री बनाउने फ्रान्सका राष्ट्रपति म्याक्रोँको घोषणा

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सेबास्टियन लेकोर्नुलाई पुनः देशको प्रधानमन्त्रीका रूपमा फर्कन आग्रह गरेका छन्। चार दिनअघि मात्रै प्रधानमन्त्री पदबाट राजीनामा दिएका लेकोर्नुलाई उनले पुनः फर्कन आग्रह गरेका हुन्।

म्याक्रोँले सबै प्रमुख दलहरूसँग बैठक गरेको केही घन्टामै यो घोषणा गरे। बैठकमा अतिदक्षिणपन्थी र अतिवामपन्थी नेताहरूबाहेक अन्य सबै दलका प्रतिनिधि उपस्थित थिए।

तर लेकोर्नुको पुनरागमन धेरैका लागि आश्चर्यजनक भएको छ। दुई दिनअघि मात्रै उनले राष्ट्रिय टेलिभिजनमा भनेका ‘म पदको खोजीमा छैन, मेरो मिसन पूरा भइसकेको छ।’

लेकोर्नुको पुनरागमन भए पनि स्थायी सरकार गठन हुने विषय निश्चित छैन। तर, तत्कालै काम सुरू गर्नुपर्ने उनको बाध्यता हुनेछ। नयाँ प्रधानमन्त्रीसँग आगामी वर्षको बजेट संसदमा प्रस्तुत गर्न सोमबारसम्मको समयमात्रै बाँकी छ।

गएको साता फ्रान्सको राजनीति निकै हलचलपूर्ण रह्यो। लेकोर्नुले प्रधानमन्त्री बनेको २६ दिनमै राजीनामा दिएका थिए।

फ्रान्समा बेयरूको सरकार ढलेपछि लेकोर्नुले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पछिल्ला दुई वर्षमा लेकोर्नु फ्रान्सको पाँचौँ प्रधानमन्त्री बनेका हुन्। अब फेरि पुनरागमन भए उनी छैठोपटक प्रधानमन्त्री बन्नेछन्।

प्रकाशित: २५ असोज २०८२ १०:४४ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast