सर्लाहीमा निःशुल्क आँखा शिविर, ३६१ जनाको शल्यक्रिया

हिमाल प्रेस ३० असोज २०८२ २१:३८ | Thursday, October 16, 2025
सर्लाहीमा निःशुल्क आँखा शिविर, ३६१ जनाको शल्यक्रिया सांकेतिक तस्बिर।

बरहथवा (सर्लाही)- सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

आज (बिहीबार) सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए। यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए।

शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका-१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो। मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको भन्दै गाउँमै निःशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया विवीकुमारी मोक्तानले बताए।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो। शिविरमा तिलगंगा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए।

यसैबीच शिविर समापनको अवसर पारेर तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटनसमेत गरिएको छ। रासस

प्रकाशित: ३० असोज २०८२ २१:३८ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast