सिरहामा एक परिवारमाथि सामूहिक आक्रमण, पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

हिमाल प्रेस ३ कार्तिक २०८२ १८:२९ | Monday, October 20, 2025
सिरहामा एक परिवारमाथि सामूहिक आक्रमण, पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ।

पीडितका अनुसार १५/२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १८:२९ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast