शिक्षामन्त्री पुनलाई पूर्वशिक्षामन्त्री भट्टराईको सुझाव- ईसीडी कक्षामा समानता कायम गर्न अध्ययन प्रतिवेदनलाई प्राथमिकता दिनुस्

हिमाल प्रेस २६ असोज २०८२ १२:३४ | Sunday, October 12, 2025
8
SHARES
शिक्षामन्त्री पुनलाई पूर्वशिक्षामन्त्री भट्टराईको सुझाव- ईसीडी कक्षामा समानता कायम गर्न अध्ययन प्रतिवेदनलाई प्राथमिकता दिनुस्

काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वर्तमान शिक्षामन्त्री डा.महावीर पुनलाई सामुदायिक र संस्थागत विद्यालयबीच प्रारम्भिक बालविकास (ईसीडी) कक्षाको असमान अभ्यास अन्त्य गर्न सुझाव दिएकी छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत शिक्षामन्त्री पुनलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा तयार गरिएको अध्ययन प्रतिवेदनलाई प्राथमिकता दिन आग्रह गरेकी हुन्।

उनले सामुदायिक विद्यालयमा एक वर्ष र संस्थागत (निजी) विद्यालयमा तीनदेखि चार वर्षसम्म पढाइ हुने असमान अभ्यासलाई अन्त्य गर्न आफू मन्त्री हुँदा एक अध्ययन समिति गठन गरिएको बताइन्।

६ महिनासम्मको अध्ययन र व्यापक छलफलपछि समितिले मन्त्रालयमा प्रतिवेदन बुझाएको भट्टराईले बताएकी छन्। उक्त समितिले सबै विद्यालयमा समान नीति लागू गर्न दुई वर्षको प्रारम्भिक ईसीडी कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो।

उनका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा एक वर्ष मात्र बालविकास कक्षा सञ्चालन गर्न पाउने व्यवस्था भए पनि अन्तर्राष्ट्रिय अभ्यास र मनोवैज्ञानिक अध्ययनहरूले एक वर्षको अवधि पर्याप्त नहुने देखाएका छन्।

भट्टराईले मन्त्रालयलाई पठाइएको उक्त प्रतिवेदन शिक्षाको आधार बलियो बनाउन मार्गदर्शक बन्न सक्ने भन्दै पुनले त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव दिएकी छन्।

प्रकाशित: २६ असोज २०८२ १२:३४ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast