फरेन्सिक परीक्षणले पनि पुष्टि गर्‍यो बिपिनको शव

हिमाल प्रेस २८ असोज २०८२ १७:१३ | Tuesday, October 14, 2025
फरेन्सिक परीक्षणले पनि पुष्टि गर्‍यो बिपिनको शव

काठमाडौँ- इजरायलको फरेन्सिक परीक्षणबाट बिपिन जोशीको शव पुष्टि भएको छ। विद्रोही समूह हमासले सोमबार राति इजरायललाई बिपिनसहित चारजनाको शव हस्तान्तरण गरेको थियो। यद्यपि नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन तेलअभिभले शवको अन्तिम परीक्षण हुन बाँकी रहेको जानकारी दिएको दूतावासका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले बताए। राजदूत धनप्रसाद पण्डित साइप्रसमा भएका कारण उनी कार्यवाहक राजदूतका रूपमा सेन्टरमा पुगेका थिए।

इजरायली अधिकारीले फरेन्सिक परीक्षणबाट बिपिनसहित चारैजनाको शवको पहिचान भएको जानकारी दिए पनि अन्तिम परीक्षण गरेर बुझाइने दूतावासका अधिकारीहरूलाई बताएका छन्। उनीहरूले यसबारे परिवारलाई पनि जानकारी दिएको श्रेष्ठले बताए। फरेन्सिक परीक्षण र अनुसन्धान गर्ने राष्ट्रिय केन्द्रले उनीहरूको मृत्युको कारण र अवस्थाबारे निष्कर्ष तय गरेपछि शव दूतावासमा हस्तान्तरण वा सीधै इजरायल सरकारले नेपाल ल्याउने दुईमध्ये एक हुने दूतावासका अर्का अधिकारीले जानकारी दिए।

हमास विद्रोही समूहले बिपिनको हत्या युद्धको पहिलो महिनामै गरेको दाबी इजरायली सेनाको छ। हमासले गाजापट्टीमा इजरायली हवाई आक्रमणका क्रममा बिपिनको मृत्यु भएको दाबी गरेको थियो। बिपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।

हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बिपिनलाई बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । अन्य कतिपय घाइते भएका थिए। हमासले बन्धक बनाउँदा बिपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरेको थियो।

त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन। नेपालले कूटनीतिक पहल गरे पनि अन्तिम समयसम्म अवस्थाबारे जानकारी पाउन सकेन भने बिपिनलाई बुझाउने दिन राजदूतसमेत इजरायलमा रहेनन्।

बिपिनबारे जानकारी दिन इजरायली अधिकारीले खोज्दा नेपाली राजदूत साइप्रसमा घुम्दै

प्रकाशित: २८ असोज २०८२ १७:१३ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast