१६ महिनाको आयात धान्न पर्याप्त छ विदेशी विनिमय सञ्चिति

हिमाल प्रेस २८ असोज २०८२ २०:०५ | Tuesday, October 14, 2025
१६ महिनाको आयात धान्न पर्याप्त छ विदेशी विनिमय सञ्चिति

काठमाडौँ- गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा सात दशमलव छ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ। गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ।

चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव सात महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। यस अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो।

यस्तै, भदौ मसान्त सम्ममा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रहेको छ भने एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ।

प्रकाशित: २८ असोज २०८२ २०:०५ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast