मौसम प्रतिकूल हुँदा भोजपुरमा फूल उत्पादन घट्यो

हिमाल प्रेस ६ कार्तिक २०८२ १०:४२ | Thursday, October 23, 2025
मौसम प्रतिकूल हुँदा भोजपुरमा फूल उत्पादन घट्यो

भोजपुर- समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानको भनाइ छ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन्। सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो।

यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टको भनाइ छ। ‘अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन’, उनको भनाइ छ,‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन्।’

स्थानीय व्यापारीका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पुर्‍याउन समस्या भइरहेको छ। उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ। रासस

प्रकाशित: ६ कार्तिक २०८२ १०:४२ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast