बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी रूपमा शनिबारदेखि सञ्चालनमा आउने

हिमाल प्रेस २४ असोज २०८२ १२:४६ | Friday, October 10, 2025
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी रूपमा शनिबारदेखि सञ्चालनमा आउने

काभ्रेपलाञ्चोक- गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाई शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ। हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ।

आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए। उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ।

‘ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ’, उनले भने।

रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो। योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए।

उनले भने,‘सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ,आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ।’ उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ।

प्रकाशित: २४ असोज २०८२ १२:४६ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast