प्रहरीको हतियार लुटपाट एवं बिक्रीवितरणमा संलग्न पाँच जना पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८२ १६:५१ | Friday, October 31, 2025
26
SHARES
प्रहरीको हतियार लुटपाट एवं बिक्रीवितरणमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ- सुरक्षाकर्मीको हातियार लुटपाट गरी बिक्रिवितरण गर्ने कार्र्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्रिवितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौँको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा धादिङ धुनवेशी गाउँपालिका घरभई काठमाडौँ–१५ स्थित चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ रहेका छन्। उनी प्रहरी कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ।

त्यस्तै हतियार खरिद तथा बिक्रिवितरणमा संलग्न काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउवा, भारत मोतिहारी घरई काठमाडौँ–१५ बस्ने अकबर खान, काठमाडौँ–१५ बिजेश्वरी रिट्रिट अपार्टमेन्टनजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौँ ३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूको साथबाट सीएफ ९८–९ पेस्तोल, पेस्तोलको म्याग्जिन र पेस्तोलमा लाग्ने गाली १५ थान बरामद भएको छ।

पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०८२ १६:५१ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast