काँडाघारीको फर्निचर उद्योगमा आगलागी

हिमाल प्रेस ४ कार्तिक २०८२ १४:२६ | Tuesday, October 21, 2025
काँडाघारीको फर्निचर उद्योगमा आगलागी प्रतीकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँको काँडाघारीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ।

कागेश्वरी मनोहरा–९, काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिब ६ लाखको क्षति भएको अनुमान गरिएको छ।

काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालिकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १४:२६ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast