चलचित्र विकास बोर्डले दियो चलचित्रकर्मीलाई परिचयपत्र

हिमाल प्रेस ३१ असोज २०८२ २१:२४ | Friday, October 17, 2025
चलचित्र विकास बोर्डले दियो चलचित्रकर्मीलाई परिचयपत्र

काठमाडौँ- चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहेका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ।

चावहिलस्थित बोर्डको सभाहलमा शुक्रबार आयोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गरेका हुन्।

अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेसागत पहिचान रहेको भएको बताउँदै अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने विश्वास व्यक्त गरे।

परिचयपत्र प्राप्त गर्नेमा २० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिकहरू छन्। उनीहरूलाई ७५ हजार बराबरको स्वास्थ्य बिमा सुविधासमेत सुरू गरिएको बोर्डले जनाएको छ।

परिचयपत्र प्राप्त गर्ने मध्येका एक कलाकार गोपाल ढकाल ‘छन्दे’ ले राज्यले पहिचान दिएको आभाष भएको बताए।

उक्त कार्यक्रममा कलाकार सुशान्तकुमार श्रेष्ठ, प्राविधिक अमित श्रेष्ठ, गीतकार दयाराम पाण्डे, सम्पादक निमेष श्रेष्ठ, निर्देशक वसन्त शर्मा अधिकारी, सम्झना उप्रेती रौनियार लगायत १७८ जनाले २० वर्ष र सोभन्दा बढी चलचित्रकर्म गरेबापत परिचय पत्र प्राप्त गरे। रासस

प्रकाशित: ३१ असोज २०८२ २१:२४ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast