एनपीएलमा फाफ डुप्लेसीसले विराटनगरबाट खेल्ने

हिमाल प्रेस १४ कार्तिक २०८२ १७:२५ | Friday, October 31, 2025
एनपीएलमा फाफ डुप्लेसीसले विराटनगरबाट खेल्ने

काठमाडौँ- दक्षिण अफ्रिकाका पूर्वखेलाडी फाफ डु प्लेसीसले आगामी एनपीएलमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। मंसिर ७ गतेदेखि सुरू हुन लागेको एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सले डुप्लेसीसलाई अनुबन्ध गरेको हो।

डुप्लेसीसले केही समयका लागि टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाका लागि कप्तानीसमेत गरेका थिए। उनले सन् २०१२ नोभेम्बरमा टेस्ट क्रिकेटमा आवद्ध भएका थिए।

डुप्लेसीसले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट म्याच खेलेका छन्। ११८ इनिङमा डुप्लेसीसले ४०.०२ को औसतले ४ हजार १६३ रन बनाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १० शतक र २१ अर्धशतक बनाएका छन्। डुप्लेसीसको सर्वाधिक स्कोर १९९ रहेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औँ संस्करणमा डुप्लेसीसलाई विरोट कोहलीको ठाउँमा रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान बनाइएको थियो।

प्रकाशित: १४ कार्तिक २०८२ १७:२५ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast