 
                             
                                            काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि उनले यस्तो आग्रह गरेकी हुन्।
उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराएका थिए। सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको मन्त्री गौतमको भनाइ छ।
उनले घाइते बिरामीले आफूलाई अस्पतालको विकृति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालको सुधारमा लागिपर्ने प्रतिबद्धता गरिन्।
मन्त्री गौतमले भनिन्, ‘बिरामीहरुको अवस्था हेर्दा निकै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु। जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ उहाँलाई त्यसो नगर्नुस् भनेर अनुरोध गर्न चाहन्छु । हाम्रो जन आन्दोलनको मर्म के थियो भने यी विकृति र बेथिति हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ। मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म पारदर्शिता ढंगले देखाउनेछु।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 