डोनाल्ड ट्रम्प मलेसियाको क्वालालम्पुरमा

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:३५ | Sunday, October 26, 2025
डोनाल्ड ट्रम्प मलेसियाको क्वालालम्पुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको क्वालालम्पुर पुगेका छन्।

थाइल्याण्ड र कम्बोडियाबीच हुने शान्ति सम्झौता अवलोकनका लागि ट्रम्प क्लालम्पुर पुगेको बताइएको छ। गत जुलाईमा थाइल्याण्ड र कम्बोडियाको सीमामा झडप भएको थियो।

दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको उक्त लडाईं ट्रम्पको दबाबपछि रोकिएको थियो। मलेसियामा रहँदा ट्र्म्प दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियानको शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। उनी एक हप्ता एसियाली देशको भ्रमण रहने बताइएको छ।

भ्रमणका क्रममा उनी जापान तथा एसिया प्रशान्त आर्थिक मञ्च एपेकका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ। दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक सम्मेलनका क्रमा ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: ९ कार्तिक २०८२ १३:३५ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast