लिङ्देनको कार्यशैलीप्रति राप्रपामा विवाद, मिश्रले पनि गरे बैठक बहिष्कार

हिमाल प्रेस २९ असोज २०८२ १७:०१ | Wednesday, October 15, 2025
लिङ्देनको कार्यशैलीप्रति राप्रपामा विवाद, मिश्रले पनि गरे बैठक बहिष्कार

काठमाडौँ- अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बुधबार कार्य सम्पादन समितिको बैठकमा अनुपस्थित भएका छन्। लिङ्देनले आफूखुसी निर्णय लिने र अन्य नेताको राय नलिने कारण मिश्रले बैठक बहिष्कार गरेको उनी निकट स्रोतले जानकारी दिएको हो।

महाधिवेशनको संघारमा रहेको राप्रपामा आगामी केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्ने तयारी छ। तर केन्द्रीय नेताहरूबीच भने तीव्र असन्तुष्टि बढेको छ। लिङ्देन अध्यक्ष बनेलगत्तै राप्रपासँग एकता गरेका मिश्रको नाम हालसम्म पनि निर्वाचन आयोगमा अद्यावधिक गरिएको छैन।

निर्वाचन आयोगमा नाम नभएकै कारण मिश्र आगामी महाधिवेशनमा नेतृत्वका लड्ने सम्भावना कम छ। मिश्र निकट स्रोतका अनुसार लिङ्देनले मिश्र समूहलाई अवैध बनाउन आयोगमा दर्ता नगराएको आरोप लगाएको छ। कार्य समिति बैठक राप्रपाका दुई महामन्त्री धवलशमशेर राणा र कुन्ती शाहीले पनि बहिष्कारर गरेका थिए। उनीहरूले ४ बुँदे असन्तुष्टि जनाउँदै बहिष्कार गरेका हुन्।

प्रकाशित: २९ असोज २०८२ १७:०१ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast