राष्ट्रपतिको उपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल

हिमाल प्रेस ३० असोज २०८२ १९:५६ | Thursday, October 16, 2025
राष्ट्रपतिको उपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरुको सहभागिता छ। छलफलमा विभिन्न मन्त्री, सरकारीलगायतको सहभागिता छ।

बैठकमा जेनजीका प्रतिनिधिहरु मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी छन्।

प्रकाशित: ३० असोज २०८२ १९:५६ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast