धनगढी– दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन भइरहेको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले निःशुल्क बस सञ्चालन गरेको हो ।
दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गरेको जनाइएको छ ।
बस धनगढीको चौराहादेखि फूलबारीसम्म, फूलबारीदेखि चौराहासम्म, चौराहादेखि अत्तरियासम्म, अत्तरियादेखि चौराहासम्म चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए ।
उनले निःशुल्क बस सञ्चालनको समय तोकिएको उल्लेख गर्नुभयो । दसैँमा यातायातका सवारी साधन बन्द हुने गरेकाले टीका थाप्न एक ठाउँबाट अर्को ठाउँमा जाने लगायतका व्यक्तिको समस्यालाई मध्यनजर गरी निःशुल्क बस सञ्चालन गरिएको हो ।
प्रकाशित: १६ असोज २०८२ १७:३३
प्रतिक्रिया



