देउवा दम्पती सिंगापुर प्रस्थान

हिमाल प्रेस ११ कार्तिक २०८२ ६:५३ | Tuesday, October 28, 2025
देउवा दम्पती सिंगापुर प्रस्थान फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित सोमबार सिंगापुर उडेका छन्। उपचारको लागि सोमबार राति देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्।

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकालेका थिए।

बूढानीलकण्ठको घर जल्दा उनीहरूको राहदानी जलेको थियो। भदौ २४ गते प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवाको टाउकोमा १२ वटा टाँका लगाउनु परेको थियो।

भदौ २४ को घटनापछि देउवा एकैपटक असोज २९ गते पार्टी कार्यालयमा देखा परेका थिए ।

प्रकाशित: ११ कार्तिक २०८२ ६:५३ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast