टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि शिक्षामन्त्रीसँग उच्चस्तरीय आयोग गठनको माग

हिमाल प्रेस २ कार्तिक २०८२ १६:५६ | Sunday, October 19, 2025
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि शिक्षामन्त्रीसँग उच्चस्तरीय आयोग गठनको माग

काठमाडौँ- कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्त र रजिस्ट्रार प्रा.डा.विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन्।

उपकुलपति प्रा.डा.पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए।

त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको रजिस्ट्रार प्रा.डा.लेखकले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०८२ १६:५६ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast