काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनेका तत्कालीन ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए।
अहिले ऊर्जामन्त्री पत्रकारहरूसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन्।
प्रकाशित: ३ कार्तिक २०८२ ९:३४ | Monday, October 20, 2025
प्रतिक्रिया



