‘मैझारो’ को गीत ‘साकेला नाचौं’ मा दयाहाङ, दीया, धीरज र मिरुनाकाे नृत्य

हिमाल प्रेस २१ असोज २०८२ १३:५२ | Tuesday, October 7, 2025
‘मैझारो’ को गीत ‘साकेला नाचौं’ मा दयाहाङ, दीया, धीरज र मिरुनाकाे नृत्य

काठमाडौँ- फिल्म ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौं’ सार्वजनिक भएको छ। गीत राजेश पायल राई र मेलिना राईले गाएका छन्।

पदम साधना कुलुङको शब्द रहेको गीतमा तोरेम्पाहाङ राईले संगीत भरेका हुन्। गीतकाे भिडियाेमा फिल्मका कलाकार दयाहाङ राई, दीया पुन, धीरज मगर र मिरुना मगरको साकेला नृत्य देख्न सकिन्छ।

नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच्दै आएका छन्। किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नृत्य प्रस्तुत गर्छन्।

लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित फिल्म ‘मैझारो’ आगामी कात्तिक ७ देखि प्रदर्शन हुनेछ। यो हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशकिय फिल्म हो।

नेपाली प्रेम कथामा आधारित फिल्ममा धीरज, मिरुनासहित दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायत कलाकारको अभिनय छ। फिल्म तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

यस्ताे छ गीत

प्रकाशित: २१ असोज २०८२ १३:५२ | Tuesday, October 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast