डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

हिमाल प्रेस २५ असोज २०८२ १९:२७ | Saturday, October 11, 2025
डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण

काठमाडौँ– वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ।

नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गरेको कृतिको शनिबार स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले विमोचन गरेका हुन्।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरे पनि यात्राको अनुभवलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गरे।

‘सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ,’ उनले भने। उनले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याए।

समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखेभोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताए। कैलाश मानसरोवर यात्राका क्रममा मिलेको ऊर्जालाई लेखकले पुस्तकमार्फत पाठकसमक्ष लैजाने प्रयास गरेका उनले उल्लेख गरे।

नेपालय पब्लिकेशनद्धारा प्रकाशित उक्त कृति १५८ पृष्ठको छ।

प्रकाशित: २५ असोज २०८२ १९:२७ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast