 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। सभापति शेरबहादुर देउवा अनुपस्थित रहँदा बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आसन्न केन्द्रीय समिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको बताइएको छ। नेताहरूका अनुसार सभापति देउवा आगामी २६ असोजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने तयारीमा छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले २४ भदौमा बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी आगजनी गरेका थिए।
त्यस घटनापछि देउवा करीब एक महिना यता सार्वजनिक रूपमा देखिएका छैनन्। हाल उनी काठमाडौँमा घर भाडामा लिएर बस्दै आएका छन् र आफूनिकट पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्य नेताहरूसँग फोनमार्फत सम्पर्क राख्ने गरेका छन्।
यसबीच, कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
महामन्त्रीद्वयले सुरु गरेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्था आउन सक्छ : कृष्णप्रसाद सिटौला

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 