कांग्रेस बैठक : कार्यतालिका बनाएर महाधिवेशन तोक्नुपर्नेमा जोड

हिमाल प्रेस ३१ असोज २०८२ २०:४० | Friday, October 17, 2025
कांग्रेस बैठक : कार्यतालिका बनाएर महाधिवेशन तोक्नुपर्नेमा जोड फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कात्तिक १ गते शनिबार बस्ने गरी स्थगित भएको छ।

शुक्रबार पार्टी कार्यालयमा बसेको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले धारणा राखेका थिए।

विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकाले बैठक शनिबार बस्ने गरी स्थगित गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा नेताहरूले कार्यतालिका निर्माण गरेर महाधिवेशनको मिति तोक्नुपर्ने समेत जनाएका छन्। बैठकमा जेनजी आन्दोलनपछिको परिस्थिति, संसद विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भातृ संगठनलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेको प्रवक्ता महतले बताए।

त्यस्तै निर्वाचनको मिति तय भए पनि सरकारले त्यसको तयारी गर्न नसकेको, राजदूत फिर्ताको काम लगायतका विषयमा पनि धारणा आएको उनको भनाइ छ।

कांग्रेस केन्द्रीय कार्यसमिति शनिबार बस्ने र त्यसपछि छठ पछि बस्ने गरी तय गरिने उनले जानकारी दिए।

प्रकाशित: ३१ असोज २०८२ २०:४० | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast